छपक प्रदर्शनमा दिल्ली उच्च न्यायालयद्धारा रोक

पुस २८, एजेन्सी – दीपिका पादुकोणको फिल्म ’छपक’ प्रदर्शनमा दिल्ली उच्च न्यायालयले रोक लगाएको छ।

वकिल अपर्णा भट्टलाई क्रेडिट नदिएको भन्दै प्रदर्शनमा रोक लगाएको हो। अदालतको आदेश अनुसार फिल्म जनवरी १५ देखि मल्टिप्लेक्स, अनलाइन प्लेटफर्म र जनवरी १७ देखि कुनै पनि ठाउँमा रिलीज हुन सक्ने छैन।

यसअघि पटियाला हाउस अदालतले पनि निर्माणकर्तालाई वकिलहरुलाई क्रेडिट दिन आदेश दिएको थियो।

फिल्म निर्माण कम्पनी फक्स स्टुडियोले ट्रायल अदालतको आदेशलाई उच्च अदालतमा चुनौती दियो। मुद्दाको सुनुवाइ भएपछि उच्च अदालतले ट्रायल अदालतको निर्णय सुरक्षित राख्यो र मेघना गुलजारलाई अपर्णा भट्टलाई क्रेडिट दिन आदेश दियो।