गुट समाप्त नभए पार्टी समाप्त हुने कांग्रेस नेतृ सुजाता कोइरालाको भनाई

पुस २८, काठमाडौं –नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले गुट समाप्त नभएमा पार्टी समाप्त हुने बताएकी छन् । गिरिजाप्रसाद कोइराला फाउण्डेशन भक्तपुरले आयोजना गरेको ‘जिपी कोइरालाको जीवनवृत्त एवं परिचर्चा’ विषयक अन्तरक्रियामा उनले कांग्रेस बनाउन कांग्रेसभित्रका गुटलाई समाप्त गर्नुपर्नेमा जोड दिइन्।

फाउण्डेशनका केन्द्रीय अध्यक्ष कोइरालाले बहस र छलफलका माध्यमबाटै पार्टी्भित्रको समस्या समाधान गरी अघि बढ्नुपर्छ भन्दै देशको सीमा मिचिँदा सरकारसँगै कांग्रेस नेतृत्वले पनि आवाज उठाउनुपर्नेमा चुकेको बताइन्।

कोइरालाले देशको सीमा मिचिँदा सरकार भने राष्ट्रवादको कुरामै सीमित भएको आरोप लगाउँदै भनिन्, ‘देशको भूमि छिमेकीले हडपिसक्यो तर सरकार भने एक इञ्च पनि छोडिँदैन भनेर राष्ट्रवादको स्वाङ गरिरहेको छ।’

कार्यक्रममा अर्थशास्त्री डा विश्व पौडेलले नेपालको आर्थिक विकासको इतिहाससँगै हाल चर्चामा रहेको अमेरिकी सहयोग कार्यक्रम एमसिसीबारे विस्तृत चर्चा गरिन्।