टाउको दुखाईको औषधि हुन्छ बियर

पुस २८, काठमाडौं – टाउको दुखाइमा बियर औषधि हुन सक्ने एक अध्ययनले देखाएको छ । टाउको दुख्ने बित्तिकै सिटामोलको साटो २ गिलास बियर पिउदा आराम पुग्ने अध्ययनले देखाएको छ।

ग्रीनविच यूनिवर्सिटीका अध्ययनकर्ताले ४ सय जनामा गरेको अध्ययनमा बियर पिउनेहरुमा औषधि सेवन गर्नेको तुलनामा २५ प्रतिशत आराम मिल्ने गरेको देखिएको छ ।

यो संगै बियरले तनावमुक्त रहन मदत गर्छ साथै उचित मात्रामा यसको सेवन गर्नाले ब्लड अल्कोहल लेवल पनि ०.०८ प्रतिशतले वृद्धि हुन्छ।  अर्कोतर्फ बियरको सेवनले पिडा सहने क्षमता पनि प्रदान गर्दछ ।