एन आई सी एशिया बैंकको सपोर्ट सेवा २४ सै घण्टा सञ्चालनमा

पुस २४, काठमाडौं – एन आई सी एशिया बैंकको ग्राहक सपोर्ट सेवा २४ सै घण्टा सञ्चालनमा ल्याएको छ । सपोर्ट सेवा अन्तर्गत ग्राहकहरुको सुबिधालाई ध्यानमा राखी आवश्यक सुचनाहरु उपलब्ध गराउने छ ।

यस सेवाको प्रयोगका लागि सेवाग्राहीहरुले बैंकको आधिकारिक वेबसाइट www.nicasiabank.com  मा गई साथीसँग लाईभ च्याट गरी वा बैंकको टोल फ्री नम्बर १६६०–०१–७७७७१ मा सम्पर्क गरी वा [email protected] ईमेल गरी वा फोन नं ९८०१२२७७५५ मा मिस्ड कल गरी बैंकका प्रतिनिधिहरुसँग आफ्ना जिज्ञासा, गुनासो, सल्लाह र सुझावहरु राख्न सकिने छ ।

यस सेवाको माध्यमबाट ग्राहकले बैंकलाई दिने सुझाव तथा गुनासोहरुलाई उच्च प्राथमिकताका साथ सम्बोधन गरी ग्राहकलाई बिशेष लाभ पुग्ने विश्वास बैंकले लिएको बताइएको छ ।