यस्ता बानीले हानी गर्छ दिमागलाई

पुस २४, काठमाडौं – शरीरको हेरचाह गरेजस्तै दिमागको पनि हेरचाह गर्नु आवश्यक हुन्छ । शरिरलाई कार्यरत राख्ने जिम्मेवार दिमागलाई पनि त्यति नै हेरविचार र केयर जरुरी हुन्छ । चोट र गलत औषधी सेवनले मात्र दिमागलाइ नोक्सान पुग्दैन, दैनिक गर्ने केही गल्तिहरुको कारण पनि दिमागको शक्ति ह्रास हुदै जान्छ । त्यसकाराण यस्ता बानीले दिमागलाई हानी गर्ने गर्दछ ।

पुरा निन्द्रा नसुत्नु

पुरा निन्द्रा नसुत्दा दिमागले छिटो विर्सने गर्दछ। साथै सुतेको बेला नै शरिरको मर्मत संम्भार हुने हुनाले निन्द्रा निकै जरुरी हुन्छ।

बिहानको खाजा नखानु

बिहानको खाजामा गुलियाकुरा (चिया, कफि) खानले शरिर र दिमागमा ग्लुकोजको मात्रा सन्तुलित हुन जान्छ। ग्लुकोजकै कारण काम गर्ने स्फुर्ति पनि शरिरमा आउँछ। त्यसैले थौरै भएपनि बिहानको खाजा नछुटाउनुहोस्।

कम पानी पिउनु

कम पानी पिउनाले शरिरमा डिहाइड्रेसन हुन्छ, साथै दिमागको कार्यक्षमतामा पनि ह्रास आउँछ। शरिरमा पानी कम हुँदा दिमागको ‘रेस्पोन्स’ कम हुन जान्छ। आलस्य लाग्छ अनि काम गर्ने जाँगर हुदैन ।

धुम्रपान
कोही धुम्रपान गर्दछ तब शरिरमा बिभिन्न हानिकारक रसायन प्रवेश गर्छ। यी रसायनले रगतलाई गाढा बनाइदिन्छ। जसको कारण दिमागमा रगतको सप्लाइ कम हुन जान्छ। रगतबाटै पानी र पौष्टिक तत्व शरिर र दिमागमा सञ्चार हुने हुँदा धुम्रपान गर्नाले दिमाग र शरिरलाई भयानक नकारात्मक असर पर्न जान्छ।