अभिनेता इरफान खान फेरि अस्वस्थ

पुस २४, एजेन्सी – बलिउड अभिनेता इरफान खान हाई न्यूरोएन्ड्रोक्राइन केसरको रोगबाट ग्रसित थिए । सन् २०१७को जुन महिनामा रोग पत्ता लाग्नेबित्तिकै उनी अमेरिकामा उपचार गराउन गएका थिए ।

बलिउड सञ्चारमाध्यमका अनुसार फेरि उनको स्वास्थ्यमा समस्या देखिएको छ। डाक्टरले हाल काम बन्द गर्न र बेड रेस्ट गर्न सल्लाह दिएका छन्। डाक्टरको सुझावपछि इरफानले आफू पूर्ण स्वस्थ नभएसम्म कुनै काम नगर्ने बताएका छन्।

इरफानको पारिवारिक स्रोतअनुसार उनले कम्तिमा ६ देखि ८ महिनासम्म आराम गर्नुपर्छ। यसपछि नै डाक्टरको सल्लाहअनुसार उनी काममा फर्कने छन् ।

इरफान र करीना कपूर अभिनित फिल्म ’अंग्रेजी मिडियम’ मार्च २०२०मा रिलिज हुँदैछ। फिल्म प्रमोसनको लागि इरफान त्यति सक्रिय भएर लाग्ने छैनन्।