अहिलेका चलचित्रमा सन्देश भेटिँदैन

चंकी क्षेत्री, सिइओ सगरमाथा इन्स्युरेन्स

प्रकृति दाहाल

इन्स्युरेन्सको क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?

सन् १९९१ स्नातक अध्ययनरत छँदै विज्ञापन देखेर आवेदन दिएको थिएँ, त्यहींबाट छनौट भएर ओरिएन्टल इन्स्युरेन्समा जागिर सुरु गरेको हुँ । त्यसपछि अन्य विभिन्न इन्स्युरेन्स कम्पनीमा काम गरे । अहिले चार वर्षदेखि भने सगरमाथा इन्स्युरेन्सको सिइओको कार्यभार सम्हालिरहेको छु ।

अफिसमा कति समय बिताउनुहुन्छ ?

अफिस टाइम १० देखि ५ बजेसम्म हो, तर अफिसमा बस्ने समय भने निश्चित हँुदैन । सेवाग्राहीहरूले आपतकालीन अवस्थामा मात्र इन्स्युरेन्स कम्पनी खोज्ने भएकाले सधैं उत्तरदायी भैरहनुपर्ने हुन्छ ।

समय व्यवस्थापन कसरी गर्नुहुन्छ ?

कामको प्रकृतिअनुसार समय छुट्याउँछु ।

घुमफिरमा कति रुचि राख्नुहुन्छ ?

घुमफिर गरिरहेको हुन्छु । कहिले अफिसको कामले पनि घुम्छु भने कहिले परिवारसँग । म नेपालका थुप्रै ठाउँ पुगिसकेको छु । पोखराचाहिँ सबैभन्दा मनपर्ने ठाउँ हो । विदेश भ्रमण पनि गरिरहेको हुन्छु । अहिलेसम्म २५ देश घुमिसकेको छु ।

फिटनेसका लागि के गर्नुहुन्छ ? 

बिहान दुई घण्टा साइकिलिङ गर्छु ।

पुस्तक कत्तिको पढ्नुहुन्छ ? 

पुस्तक पनि पढिरहेको हुन्छु । पहिले उपन्यास खुब पढ्थें । अहिले भने वित्तीय क्षेत्रका पुस्तकहरू पढ्छु ।

चलचित्र कत्तिको हेर्नुहुन्छ ? 

परिवारसंग बसेर चलचित्र हेरिरहेको हुन्छु । प्राय: बेलुकाको समयमा चलचित्र हेर्ने गरेको छु । नेपाली चलचित्र नै बढी हेर्छु । आजकालका चलचित्र बसेर हेरुन्जेल रमाइला हुन्छन्, सन्देशमूलक भने खासै हुँदैनन् ।

कुन सवारी चलाउनुहुन्छ ? 

होन्डाईको टुसान ।

एसेसरिजहरूप्रति कत्तिको सौख छ ?

एसेसरिज तथा मोबाइल प्राय: विदेशबाट गिफ्ट आउने गरेको छ । घडी भने छुटाउँदिन । गिफ्ट आउने भएकाले ब्रान्ड खोज्दिनँ ।

खानपानको शैली कस्तो छ ? 

सामान्य छ । खानपानमा मेरो खासै रोजाइ पनि छैन । जे सहज हुन्छ त्यही खाने गरेको छु ।

मद्यपान गर्नुहुन्छ ? 

कहिलेकाहीं ।

कुन ब्रान्डको मद्यपान बढी रुचाउनुहुन्छ ? 

काल्र्सबर्ग बियर मन पर्छ ।

साभार कान्तिपुर साप्ताहिक