ऊनीका कपडा धुदाँ ध्यान दिनुपर्ने कुराहरु

मंसीर १, काठमाडौं – जाडो मौसम सुरु भएसंगै हामी ऊनीका कपडाहरु लगाउने गर्दछौ । ऊनीका कपडाले शरीरलाई चिसोबाट जोगाउन मद्धत गर्दछ । ऊनीका कपडाहरु केहि भारी हुने भएकाले यस्ता कपडाहरुलाई सहि तरीकाले धुन, राख्न, सुकाउन निकै ग्राहो हुने गरेको छ । ऊनीका कपडाहरु धुदा बिशेष ध्यान दिनुपर्ने हुन्छ । ऊनीका कपडाहरु धुदाँ निम्न कुराहरुमा ध्यान  दिन  आवश्यक छ ।

कपडामा दाग छ भने
ऊनीका कपडा लगाउदा बिशेष ध्यान दिनुपर्दछ । दाग लाग्नबाट बच्न बिशेष प्रयास गनुपर्दछ । यदि कपडामा दाग लागेमा तुरुन्त पानीले सफा गनुपर्दछ । यदि पानीले धोएर पनि दाग नगएमा १–२ घण्टा पानीमा भिजाएर धुनुपर्दछ । यसले गर्दा कपडामा लागेको दाग हट्दछ ।

तातोपानीले धुनु हुदैन
ऊनीको कपडा तातोपानीले कहिल्यै धुनु हुदैंन । ऊनी नरम हुने भएकाले पनि तातोपानीले धोएमा कपडा झन खराब हुने गर्दछ ।

ब्रस नलगाउने
धेरै मानिसहरुको लुगाा धुदा ब्रस लगाउने बानी हुन्छ । अन्य कपडा ब्रस लगाएर धोए पनि ऊनीको कपडा ब्रस लगाएर धुनु हुदैन । यसले कपडा बिग्रने सम्भावना हुन्छ ।

 हैंगरमा सुकाउने
ऊनीका कपडालाई धोएपछि हैंगरमा सुकाउदा राम्रो हुन्छ ।