ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु

मंसिर १, काठमाडौ खोटाङको रावावेशी गाउँपालिका ३ मा भएको ट्याक्टर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ ।

मुत्यु हुनेमा चालक निङमा तामाङ रहेको प्रहरीले बताएको छ । शनिवार अपरान्ह पौने ५ बजेको समयमा रावावेशी गाउँपालिका(३ को जयरामघाटबाट एसेलुखर्क तर्फ जाँदै गेरको स १ च ५७३५ नम्बरको ट्याक्टर ब्रेक फेल सडकबाट करिव २०० मिटर तल खसेको थियो ।

निङमाबो उपचारको क्रममा मुत्यु भएको जिल्ला प्रहरी खोटाङले जनाएको छ ।