किर्गीस्तानसँग खेल्दै नेपाल

कात्तिक २४, काठमाडौं – इरानमा जारी एएफसी यू(१९ च्यापिम्पयनसिप छनोटको अन्तिम खेलमा नेपालले आज (आइतबार) किर्गीस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

छनोटको सुरुवाती दुई खेलमा पराजय व्यहोर्दै प्रतियोगिताबाट बाहिरिसकेको नेपालले अन्तिम खेलमा किर्गीस्तानसँग खेल्न लागेको हो ।

तेहरानस्थित पीएएस रंगशालामा नेपाल र किर्गीस्तानबीचको खेल नेपाली समय अनुसार साँझ ५ बजे सुरु हुनेछ ।

छनोटमा नेपालले पहिलो खेलमा युएई र दोस्रो खेलमा इरानसँग समान ४ –० गोलको हार व्यहोरेको थियो ।

यस समूहको शीर्ष टिमले फाइनल चरणमा स्थान बनाउने छन् ।