उम्मेदवार टुङ्गो लगाउन कांग्रेस बैठक आज बस्दै

कात्तिक १५, काठमाडौं – उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाउन कांग्रेसले शुक्रबार (आज)   बैठक बस्ने भएको छ ।

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा संघ र प्रदेशतर्फका उम्मेदवार तय गर्न प्रमुख प्रतिपक्ष कांग्रेसमा सकस भएको छ ।

उम्मेदवारी दर्ताका लागि एक साता मात्र समय बाँकी रहेका बेला कांग्रेसले उम्मेदवारको टुंगो लगाउन सकेको छैन । कात्तिक १७ गते बस्ने  समितिको बैठकले पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाउने पार्टी कार्यालयले जनाएको छ ।