नेपाल आउदैं बंगलादेशका राष्ट्रपति

कात्तिक १५, काठमाडौं – बंगलादेशले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्ने चर्चा भइरहेका बेला सो मुलुकका राष्ट्रपति अब्दुल हमिद यही महिनाको अन्तिम साता नेपाल भ्रमणमा आउने भएका छन् ।

हमिदले कात्तिक २७ र २८ गते नेपालको भ्रमण गर्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । यद्यपि भ्रमणका एजेन्डा, भ्रमण मिति र अन्य कार्यक्रम अझै टुङ्गो लाग्न बाँकी रहेको मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

‘भ्रमणबारे चर्चा भएको हो तर अहिलेसम्म भ्रमणको त्यस्तो औपचारिक कार्यतालिका आइसकेको छैन’ –ती अधिकारीले भने। बंगलादेशले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्ने र नेपालको ऊर्जा आफ्नो मुलुकले खरिद गर्ने गरी दुवै मुलुकबीच गत साउन २५ गते मन्त्रीस्तरीय ऊर्जा सम्झौता भइसकेको छ।

यो समाचार आजको समाचारपत्र बाट लिइएको हो ।