कात्तिक १५, काठमाडौं – काठमाण्डौको लप्सेफेदीमा बिहीबार बेलुकी यात्रु बस दुर्घटना हुँदा ज्यान गएकाको अझै परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।
कपडाको आधारमा र आफन्तसँग गरिएको फोन कुराकानीका आधारमा अपुष्ट रुपमा नाम खुले पनि आफन्त आएपछि मात्रै परिचय खुल्ने साँखु प्रहरीले जनाएको हो ।
तीनै जनाको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । दुर्घटनामा घाइते भएका ६५ जनामध्ये ३० जना उपचारपछि घर फर्किएका छन् भने बाँकीको काठमाण्डौको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
बिहीबार सिन्धुपाल्चोकबाट काठमाण्डौका लागि छुटेको बा ५ ख ५०७० नम्बरको बस काठमाण्डौको लप्सेफेदीमा दुर्घटना भएकोे थियो ।