हवाई कारबाहीमा छ तालिबान लडाकू मारिए

कात्तिक १४, एजेन्सी – अफगानिस्तानको उत्तरी प्रान्त तखारको दर्काद जिल्लामा लुकेर बसेका तालिबान लडाकूविरुद्ध अफगान सेनाले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा छ तालिबान लडाकू मारिएका छन् ।

हवाई कारबाहीमा परी अन्य पाँच लडाकू घाइते भएका छन् । यस हवाई कारबाहीको क्रममा सुरक्षाबल र सर्वसाधारणतर्फ भने कुनै हताहतको खबर नभएको बताइएको छ ।

अफगानिस्तानको राजधानी काबुलबाट २ सय ४५ किलोमिटर उत्तरमा पर्ने तखार प्रान्तमा सक्रिय रहेका तालिबानी लडाकू समूहले भने यस विषयमा कुनै टिप्पणी गरेका छैनन् ।