‘गुञ्जन’को आइटम डान्समा देखिदै नीता

कात्तिक १४, काठमाडौं –चलचित्र ‘गुञ्जन’मा नायिका नीता ढुंगानाको आइटम डान्स रहने भएको छ ।

फिल्ममा समावेश ‘कोही भन्छन् रसिली छु रे’ बोलको आइटम गीतमा निताले नृत्य गरेकी हुन् । अमृत मरहथाको शब्द तथा कल्याण सिंहको संगीत रहेको उक्त गीतमा बानिका प्रधानको स्वर रहेको छ ।

भिडियोमा नायिका नीता ढुंगानासहित फिल्मका मुख्य कलाकार सरोज खनाल, प्रितम राज सेञ्चुरी र कविर खड्का फिचर्ड छन् ।
चलचित्र फागुनको पहिलो हप्ता प्रर्दशनमा आउने भएको छ ।