महिला भलिबल – नेपालले आज यू –२१ थाइल्याण्डसंग प्रतिस्पर्धा गर्दै

कात्तिक ५, काठमाडौं – नेपाली राष्ट्रिय महिला भलिबल टिमले आज (मंगलबार) तेस्रो मैत्रीपूर्ण खेल खेल्दैछ ।

वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि थाइल्याण्डमा रहेको नेपाली टिमले तेस्रो मैत्रीपूर्णमा थाइल्याण्डको यू –२१ टिमसँग खेल्नेछ । नेपाल र थाइल्याण्ड यू –२१ बीचको खेल अपराह्न ४ बजेपछि हुनेछ ।

थाईल्याण्डमा नेपालले ७ मैत्रीपूर्ण खेल खेल्नेछ । जस अन्तर्गत नेपालले बिहिबार जापानको यू –२३ टिमसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

नेपालले कात्तिक २२ देखि २७ गतेसम्म हुने एभिसी सेन्ट्रल जोन महिला भलिबल खेल्नेछ । यस्तै मंसिर १५ देखि २५ गतेसम्म घरेलु भूमीमा हुने सागमा प्रतिस्पर्धा गर्नेछ ।