कात्तिक ५, एजेन्सी – चिलीमा केही दिनदेखि चर्किँदै गरेको आन्दोलन हिंसात्मक बन्दै गएको छ । राष्ट्रपति सेबास्टियन पिनेराले स्यान्टियागोमा संकटकाल घोषणा गरेपछि यहाँको जनजीवन प्रभावित बनेको छ ।
संकटकालका बावजुद नागरिकहरु आन्दोलित छन् । राजधानी स्यान्टियागोमा यातायात पूर्ण रुपमा ठप्प बनेका छन् भने अधिकांश उडान पनि अवरुद्ध भए । प्रदर्शनकारीले भने सरकारको कडा विरोध गर्नुका साथै आन्दोलन जारी राखेका छन् ।
राष्ट्रपतिले नयाँ सैनिक प्रमुख नियुक्त गरेपछि राजधानीमा कर्फ्यु पनि घोषणा गरिएको छ । जाभियर इतुरियागाले दिनभर कर्फ्यु लाग्ने हुँदा सबैलाई त्यस अवधिमा शान्त रहन र घरमै बस्न आदेश दिएका छन् । एजेन्सी