तीन हप्तामा तीन सय करोड क्लबमा प्रवेश चलचित्र ‘वार’


कात्तिक ५, काठमाडौं – बलिउड अभिनेता ऋतिक रोशन अभिनित चलचित्र ‘वार’ ले यतिबेला बक्स अफिस तताइरहेको छ । चलचित्र प्रदर्शनको तीन हप्तामा तीन सय करोडको कलेक्सन गर्न सफल भएको छ ।

यो सँगै यस चलचित्र २०१९ को सबैभन्दा ठुलो ब्लकबस्टर बन्न सफल भएको छ । पहिलो पटक ऋतिक र टाइगरले स्क्रिन सेयर गरेको यस चलचित्रलाई दर्शकले निकै रुचाएका छन् ।

चलचित्रले ५३ करोड ३५ लाखको ओपनिङ गरेकी थियो । साथै प्रदर्शनको तीन दिनमा सय करोड कमायो भने एक हप्तामा २ सय करोड कमाएर सलमान खानको ‘भारत’ को रेकर्ड समेत ब्रेक गरेको छ ।