भोकमरीको सुचिमा नेपाल ७३ औं स्थानमा

कात्तिक १, काठमाडौं –नेपाल भोकमरीको सूचीमा ७३ औं स्थानमा परेको छ। ग्लोबल हंगर इन्डेक्स (जिएचआई) ले सार्वजनिक गरेको प्रतिवेदन अनुसार संसारभरका एक सय १७ देशमध्ये नेपाल ७३औं स्थानमा परेको हो ।

छिमेकी मुलुक भारत नेपालभन्दा पछाडि परेको छ। भारत एक सय दुई नम्बरमा परेको हो ।

सूची अनुसार श्रीलंका ६६, बंगलादेश ८८ र पाकिस्तान ९४औं स्थानमा छन्। भारतको स्थान दक्षिण एसियाली राष्ट्रमध्ये श्रीलंका, नेपाल, बंगलादेश र पाकिस्तानभन्दा खराब रहेको बताइएको छ। दक्षिण एसियाली राष्ट्रमा भारतभन्दा पछाडि अफगानिस्तान मात्र छ।

अफगानिस्तान एक सय आठ नम्बरमा छ। मालदिभ्स सूचीमा समेटिएको छैन। भुटानकोे तथ्यांक नपाएको बताइएको छ।