एनआरएनएको मतगणना जारी, आज सबै नतिजा आइसक्ने अनुमान

कात्तिक १, काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) को मतगणना जारी छ । बिहीबार राति ११ बजेदेखि मतगणना सुरु भएको थियो ।

आगामी दुई वर्षको नेतृत्व चयनका लागि भएको निर्वाचनमा दुई हजार ५७० मतदाता रहेकोमा दुई हजार ३४० मत खसेको थियो । बुधबार विद्युतीय मेसिनबाट मतदान गर्ने प्रक्रिया नमिलेपछि बिहीबार मतपत्रबाट मतदान भएको थियो ।

एनआरएनएको नेतृत्वका लागि कुल आचार्य र कुमार पन्त प्यानलबीच प्रतिस्पर्धा छ। केही पदमा भने निर्विरोध निर्वा्चित भइसकेका छन्। आज दिनभरमा सबै नतिजा आइसक्ने बताइएको छ ।