कलंकीदेखि महाराजगंजसम्म दोस्रो चक्रपथको विस्तार सुरु

कात्तिक १, काठमाडौं – कलंकीदेखि महाराजगंजसम्मको दोस्रो चक्रपथ बिस्तारको काम थालिएको छ। सडक विभागले दशैंअघिदेखि कलंकीबाट सडक छेउछाउका रुख काट्न सुरु गरेको हो।

पहिलो चरणमा कोटेश्वरदेखि कलंकीसम्म आठ लेनको विस्तार गरेको थियो । दोस्रो चरणमा कलंकीदेखि महाराजगंजसम्मको ८.५ किलोमिटर भाग पनि सोहि अनुसार विस्तार गर्न लागेको हो।

सडक विभागका अनुसार चिन सरकारको सहयोगमा चक्रपथ विस्तार गर्न लागिएको हो। चक्रपथ बिस्तारमा एक एकवटा अन्डरपास र ओभरपास बनाउन पनि प्रस्ताव राखिएको जनाईएको छ।

साभार –नागरिक दैनिक