ॐ को शक्तिबारे बुझौं

असोज २२, काठमाडौं – ॐ एउटा साधारण धार्मिक चिह्न मात्र होइन यसले त धर्म, अर्थ, काम र मोक्ष सबै दिलाउँछ । हिन्दु धर्ममा अत्यन्त पवित्र चिह्नका रूपमा लिईने ॐलाई शान्तिको प्रतीकको रुपमा मान्ने गरिन्छ ।यो एक शब्द मात्र नभएर आफैंमा पूरा ब्रह्माण्ड हो भन्छन् वास्तु तथा ज्योतिष शिव पोखरेल ।

ॐको महत्व हिन्दु धर्मले मात्र स्वीकार गरेको नभई सबैले यसलाई महत्वपूर्ण मान्छन् । ॐको उच्चारण गर्दा ब्रह्माण्डमा लुकेका सबै सकारात्मक ऊर्जालाई आफूमा समाहित गर्न सकिन्छ । यसले मानसिक विकारलाई टाढा भगाउन मद्धत गर्छ ।

वेदको रचना भन्दा अगाडी उत्पत्ति भएको ॐ सबै वेदमन्त्रहरू यसबाट नै शुरू हुन्छन् ।संसारमा कुनै पनि धर्म नहुँदा पनि ॐ अस्तित्वमा आएकाले ॐ मानवताको चिह्न रहेको छ ।

वास्तु तथा ज्योतिष शिव पोखरेलले यो शब्दले हिन्दु मुसलमान क्रिस्चियन मात्र नभन्ने बताउछन् । विभिन्न धर्मले ॐलाई फरक फरक उच्चारण गर्छन् । मुसलमानहरू ॐलाई आमीन भन्छन् भने क्रिस्चियनहरू एमन भन्छन् । क्रोएशियाली भाषामा ओकोले ॐको अर्थ दिन्छ । इन्डोनेशियामा उन्तुकले ॐ जनाउँछ ।

त्यस्तै बौद्धहरूको प्रमुख मन्त्र ॐ मणिपद्मे हुँ हो । सिखहरू इक ओंकार भन्छन् अनि त्यही ॐकारको गुणगान गर्छन् । अंग्रेजी शब्द ओम्नीको अर्थ हुन्छ अनन्त ।

समस्त विश्व मानव जीवन ॐ मा सिमित छ । त्यती मात्र भएर यसैमा संसारका सबै ध्वनिहरू निहित छन् । महाशक्तिशाली ॐले रोग र मोहमायालाई निर्मूल गरिदिन्छ ।