चिनियाँ राष्ट्रपतिलाई बिशिष्ट ब्यक्तिलाई दिने ‘जेड’ तहको सुरक्षा दिइने

 

असोज १४, काठमाडौं – चिनियाँ राष्ट्रपति सी चिन फिङ नेपाल भ्रमणमा आउने पक्का भएसँगै सरकारले उनको सुरक्षाका लागि आवश्यक तयारी थालेको छ ।

प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालय उनलाई ‘जेड’ तहको सुरक्षा दिने तयारीमा जुटेको जनाइएको छ । अति विशिष्ट व्यक्तिलाई प्रदान गरिने सुरक्षालाई ‘जेड’ तहको सुरक्षा भनिन्छ ।

मन्त्रालय स्रोतका अनुसार अक्टुबर ११ देखि १४ सम्म जुनसुकै दिन राष्ट्रपति फिङको भ्रमण हुन सक्ने भन्दै सरकारले तयारी थाल्न र विशेष योजना बनाउन सुरक्षा निकायलाई निर्देशन दिएको थियो। ‘अक्टुबर १२ मै भ्रमण हुन सक्छ,’ ।  मन्त्रालय स्रोतले भन्यो

साभार नागरिक दैनिक