अदालतलाई लाग्यो दशैं, आजबाट १५ दिन बन्द हुने

असोज १२, काठमाडौं – आजबाट देशैभरका अदालत १५ दिनसम्म बन्द हुने भएका छन् । विजयदशमीको अवसरमा घटस्थापनादेखि पूर्णिमासम्म देशैभरका न्यायालय बन्द हुने भएका हुन् ।

सर्बोच्च अदालत भने शनिवार र दशैंको टीकाको दिनबाहेक अन्य दिनमा पनि बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म खुल्ला हुने भएको छ ।

सर्वोच्चको निर्णयलाई अनुसरण गर्दै उच्च अदालत र जिल्ला अदालतले पनि शनिवार र विजयदशमीको दिनबाहेक अन्य दिनमा बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म अदालतहरु खुल्ला राख्ने निर्णय गरेका छन् ।

अदालत खुल्ला भएपनि बन्दी प्रत्यक्षीकरणको रिटबाहेक अन्य मुद्दा भने नहेरिने भएको छ । उच्च अदालत रहेको अन्य जिल्लाका बन्दी प्रत्यक्षीकरणको रिट उच्च अदालतले मात्रै हेर्नेछ भने काठमाडौं उपत्यकामा बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतले मात्रै हेर्नेछ ।