असोज १२, काठमाडौं – महानगरीय ट्राफिक महाशाखाले चालकहरुलाई सम्मान गरेको छ । ट्राफिक प्रहरीले ‘सुरक्षित यात्राको शुभकामना सहित चालक सम्मान’ कार्यक्रम पनि सुरु गरेको छ ।
चालकहरुको लापरबाहीका कारण सडक दुर्घटनामा परी धेरैको ज्यान जाने गरेको जनगुनासो बढिरहेका बेला ट्राफिक प्रहरीले चालकहरुलाई सम्मान गरेर सुरक्षित यात्राका लागि थप हौसला प्रदान गरिएको ट्राफिक महाशाखाले बताएको छ ।
चालकलाई सम्मान गर्दै महानिरीक्षक सर्वेन्द्र खनालले यात्रुका लागि सधै भगवानको रुपमा रहेका चालकहरुले सुरक्षित ढंगले यात्रुहरुको यात्रा सफल बनाउने विश्वास व्यक्त गरे । उनले कुनै पनि यात्रुले आफ्नो ज्यान गुमाउन नपरोस् भनि शुभकामना पनि व्यक्त गरे ।
दशैंको पहिलो दिन आईतबारबाट सुरु गरेको सो अभियान देशभर ३ दिनसम्म संचालन हुनेछ ।