गोंगबुमा अनुगमन टोली व्यापारीको घेराबन्दीमा

असोज १२, काठमाडौं – काठमाडौंको गोंगबुमा अनुगमन टोली ब्यापारीको घेराबन्दीमा परेका छन् ।

आइतवार दिउँसो अनुगमनका लागि पुग्दा केही व्यापारी सटर बन्द गरेर भागेका छन् । बाँकी ब्यापारीहरुले टोलीलाई घेराबन्दीमा राखे ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको ४ वटा टोली अनुगमनका लागि त्यहाँ पुगेको थियो ।

अनुगमन टोलीका संयोजक कपिलप्रसाद रेग्मीका अनुशार ब्यापारीहरुले टोलीलाई किन कारबाही गरेको भन्दै कराएका छन् । उनिहरुलाई के गर्ने भन्ने कुरा निर्णय भइनसकेको रेग्मीले बताए ।