असोज ७, काठमाडौं —धनुषाको एक होटेलमा फ्रिजबाट करेन्ट लागेर श्रीमान श्रीमतीसहित ३ जनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका ७, पोर्ताहास्थित पूर्वेली स्टाफलाइन होटेलको फ्रिजबाट करेन्ट लागेर गएराति ३ जनाको मृत्यु भएको हो ।
मुत्यु हुनेमा होटेल सञ्चालक ५० बर्षिय शिबकुमार महतो, उनकी श्रीमती अन्दाजी ४५ बर्षिय र सोही होटलमा कार्यरत मोरङ उर्लाबारी घर भएकी अन्दाजी ४० बर्षिय गिता परियार रहेको धनुषा जिल्ला प्रहरी कन्ट्रोल रुमका प्रहरी जवान सतप्रकाश ठाकुरले इमेलखवरलाई बताए ।
उनका अनुशार घटना रातिकै भए पनि बिहान कोही नउठेपछि हेर्दा तीनैजना करेन्ट लागेको अवस्थामा मृत फेला परेका थिए ।
अहिले इलाका प्रहरी कार्यालय ढल्केबर र जिल्ला प्रहरी कार्यालय धनुषाको टोली घटनास्थलमा पुगेको र घटनाका विषयमा थप अनुसन्धान गरिरहेको ठाकुरले जानकारी दिएका छन् ।