सरकारले यात्रुबाहक बसलाई सडकमा पहिलो प्राथमिकता दिनुपर्छ – महासचिव सिटौला

असोज ७, काठमाडौं — नेपालीको महान पर्व दशैंको वेला राजधानीवाट नेपालका विभिन्न स्थानमा जाने यात्रुको सख्या ह्वात्तै वढ्छ । यो समयमा सवारीका कारण यात्रुका विभिन्न गुनासो आउने गर्छन । यात्रु समस्यामा नआउन के के कुरामा ध्यान दिनु पर्ला ? यि र यस्तै विषयमा इमेल खवर डटकमले नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला संग कुराकानी गरेको छ । प्रस्तुत छ सिटौलासंग गरेको कुराकानीको संपादित अंश ।

टिकट काट्दा यात्रुले ध्यान दिनु पर्ने कुरा के के हुन ?

टिकट काट्दा यात्रुले जानु पर्ने स्थान प्रस्ट लेखिएको छ कि छैन त्यो ख्याल गर्नुपर्दछ । त्यसै गरि आफुले भनेको सिट नम्बर सहि छ कि छैन, आफुले खोजेको मिति, स्थान र समय टिकटमा उल्लेख भए नभएको हेर्नु पर्छ ।

टिकट काट्ने क्रममा समस्या आए के गर्ने ?

टिकट काट्दा महासंघको ड्रेस लगाएका, परिचय पत्र भिरेका आधिकारिक व्यक्ति संग सोधीखोजी गर्नु पर्दछ र टिकेट लिनु पर्छ । आवश्यक जानकारी लिन र समस्या वताउन हामीले बिभिन्न स्थानहरुमा नागरिक सहायत कक्ष पनि राखेका छौं । तपाई उहँहरुवाट समस्या समाधान गराउन सक्नुहुन्छ ।

निश्चित समयमा गाडी आइ नपुग्ने र समयमा गन्तब्यमा नपु¥याउने जस्ता गुनासा यात्रुवाट आउने गर्छन । यस्लाई तपाइहरुले कसरी ब्यवस्थीत गर्दै हुनुहुन्छ ?

ब्यबसायीको तर्फबाट त्यस्तो हुन दिदैनौ । हामी यात्रुहरुलाई सहज यात्रा गराउन लागि तप्पर छौं । तर बिग्रिएका सडक, मालबाहक गाडी तथा विग्रिएका गाडीका कारण सडकमा आउने समस्याको जिम्मा हामी लिन सक्दैनौ । यसका लागि सरकारले यात्रुबाहक बसलाई सडकमा पहिलो प्राथमिकता दिनु पर्दछ ।

फोटो- सरोज सिटौलाको फेसवुकवाट