नेकपाको आकर्षण ‘चीनतिर’

असोज ७, काठमाडौं — नेकपाको आकर्षण चीनतिर बढेको छ । चिनियाँ कम्युनिष्ट पार्टीले अवलम्बन गर्दै आएको ‘सी चिनफिङ विचारधारा’ बारे दुवै देशका कम्युनिष्ट पार्टीले काठमाडौँमा छलफल गरी भाइचारा सम्बन्ध स्थापना गर्ने घोषणा गरेका हुन् ।

चिनियाँ राष्ट्रपतिको हुन लागेको आसन्न नेपाल भ्रमणको पूर्वसन्ध्यामा दुई पार्टीबीच विकसित भइरहेको सम्बन्धले नेकपा चीनतिर ढल्किएको स्पष्ट हुन्छ ।

आगामी दिनमा दुई देशका केन्द्रीय पार्टी स्कुलमा प्रयोग गरिने पाठ्यक्रमको तयारी र अध्यापन विधि, नेताकार्यकर्ताको द्विपक्षीय अध्ययन भ्रमणमार्फत अनुभव आदानप्रदान गर्ने अवसरको सिर्जन गर्ने प्रतिबद्धता दुवै पार्टीका नेताहरुले गरेका छन् ।

यो समाचार आजको अन्नपुर्ण पोष्टबाट साभार गरिएको हो ।