नेमकिपाको अध्यक्षमा पुनः विजुक्छें निर्वाचित

असोज ७, काठमाडौं —नेपाल मजदुर किसान पार्टीको सातौं महाधिवेशनबाट अध्यक्षमा पुनः नारायणमान बिजुक्छे चयन भएका छन् ।

सोमबार साँझ सम्पन्न महाधिवेशनले सर्वसम्मतिबाट बिजुक्छेको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।

नँया कार्यसमितिमा प्रेम सुवाल, सुनील प्रजापति, मोहनप्रसाद प्रजापति, नवराज कोइराला, डिल्लीप्रसाद काफ्ले केन्द्रीय समितिमा रहेका छन् । त्यसैगरि, सरोजराज गोसाइँ, हरिसुन्दर बासी, अनुराधा थापामगर, कमलमाया सुवाल, नन्दबहादुर शाही, उकेस कवाँ, सनकमान महर्जन, जग्यबहादुर शाहीलाई समितिमा ल्याएको छ ।

महाधिवेशनबाट प्रदेश सभा सदस्यहरु सुरेन्द्रराज गोसाइँ र सृजना सैंजूलाई केन्द्रीय समितिमा निर्वाचित भएका छन् । नरमाया गुरुङ्ग, बजिर सिंह, खगेन्द्र वैद्य र सरोज शाह पनि छानिएका छन् । महाधिवेशनले मुक्ति यादव र कृष्ण तामाङ्गलाई केन्द्रीय वैकल्पिक सदस्यमा निर्वाचित गरेको छ ।

नेमकिपाको महाधिवेशन गत असोज ३ गते शुक्रबारदेखि सोमबारसम्म भएको हो ।