अख्तियारको हिरासतबाट छुटेपछि मालपोत कर्मचारीद्धारा आत्महत्या

असोज ७, काठमाडौं —मालपोत कार्यालय कलंकीका खरिदार रामहरि सुवेदीले सोमबार बेलुका आत्महत्या गरेका छन् ।सेवाग्राहीबाट एक हजार घुस लिएको आरोपसहित अख्तियारले उनलाई पक्राउ गरेको थियो ।

१० दिन अघि मात्र हिरासतमुक्त भएका उनी अख्तियारको हिसारतमा २२ दिन बसेका छन् ।

सेवाग्राही कृष्णप्रसाद घिमिरेसँग सुवेदीले एक हजार घुस लिएको अख्तियारले निष्कर्ष निकालेको थियो ।

उनी विरुद्ध काठमाडौंको विशेष अदालतमा दायर भएको मुद्दामा पनि भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा ३ अनुसार एक हजार बिगो माग दाबी गरिएको थियो ।

उनले डिप्रेसनको औषधि पनि सेवन गरिरहेको थिए ।