धेरै समयपछि मनिषा र ज्याकीको सहकार्यः ‘प्रस्थानम’

असोज ६—पछिल्लो समय बलिउड अभिनेत्री मनिषा कोइराला एक पछि अर्को गर्दै चलचित्रमा देखिन थालेकी छिन् । उनी अभिनीत चलचित्र ‘प्रस्थानम’ गत शुक्रवारदेखि प्रदर्शनमा आएको छ ।

यस चलचित्रमा उनीसँगै अभिनेता ज्याकी श्राफले काम गरेका छन् । पहिलो चलचित्र नै ज्याकीसँग गरेकी मनिषा धेरै समयपछि उनीसँगै पर्दामा देखिएकी हुन् ।

चलचित्रको यात्रा र ज्याकीसँगको सहकार्यको बारेमा बोल्दै मनिषाले पहिलो डेब्यु चलचित्रमा ज्याकी श्राफसँग काम गर्न पाउनु ठुलो कुरा भएको र पहिलो भेटमा आफू निकै डराएको बताएकी छिन् । तर, त्यस समय निकै राम्रो मित्रता भएको र अब चलचित्रमा ज्याकीको कुरा आयो भने आफू रिल्याक्स फील गर्ने बताएकी छिन् ।

प्रदर्शनरत ‘प्रस्थानम’लाई समीक्षकको मिश्रित समीक्षा मिलेको छ । सञ्जय दत्तकी पत्नी मान्यता दत्तको प्रोडक्शनमा बनेको चलचित्रमा सञ्जय दत्तले बाहुबली नेताको भूमिका निभाएका छन् । जसले एक विधवासँग विवाह गर्छन् र उसको बच्चालाई सञ्जय आफ्नो राजनीति र पदभन्दा बढी विश्वास गर्छन् । देवा कत्ताले निर्देशन गरेको यस चलचित्र तेलुगु चलचित्र ‘प्रस्थानम’को रिमेक हो ।
एजेन्सी