‘टुबोर्ग इमेज अवार्ड’मा स्वस्तिमा र विपिन उत्कृष्ट

असोज ५, काठमाडौं — ‘टुबोर्ग इमेज अवार्ड’ को २१औं संस्करण सम्पन्न भएको छ ।

काठमाडौँको होटेल सोल्टीमा भएको २१औं संस्करणको अवार्डमा अभिनेता विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेता अभिनेत्रीको उपाधि पाउन सफल भएका छन् ।

विपिनले चलचित्र ’गोपी’बाट सर्वोत्कृष्ट अभिनेताको अवार्ड हात पारेका हुन् भने स्वस्तिमा ‘बुलबुल’ बाट सर्वोत्कृष्ट अभिनेत्रीको उपाधि हात पारिन् ।

यसै गरी चलचित्र ‘जात्रै जात्रा’बाट प्रदीप भट्टराईले सर्वोत्कृष्ट निर्देशकको अवार्ड हात पार्न सफल भए । ‘इमेज अवार्ड’ मा सर्वोत्कृष्ट फिल्मको अवार्ड समेत प्रदीपको ‘जात्रै जात्रा’ले पाएको छ ।

साथमा ‘सर्वोत्कृष्ट फिल्म गीत’ तर्फको अवार्ड फिल्म ‘दाल भात तरकारी’ को ‘भिजिट भिसा’ बोलको गीतले पायो भने विविध २२ विधामा अवार्ड वितरण गरिएको थियो ।