चिनियाँ राष्ट्रपति सीको सुरक्षाका लागि २७ हजार सुरक्षाकर्मी परिचालन गरिने

असोज ६, काठमाडौं — असोज अन्तिम साता चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आउने भएका छन् ।

सीको सुरक्षालाई मध्यनजर गर्दैं गृह मन्त्रालयले उच्च सर्तकता अपनाउने भएको छ । जसका लागि २७ हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणलाई लक्षित गर्दै सबै सुरक्षा निकायका उच्च अधिकारी संलग्न बैठक बसेको छ ।

बैठकमा गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी र सेनाका उच्च अधिकारी सहभागी थिए ।

चारवटै सुरक्षा निकायबाट २७ हजार सुरक्षाकर्मी परिचालन गर्ने प्रारम्भिक सुरक्षा खाका नेपाली पक्षले चीनलाई ब्रिफिङ गरेको बताइएको छ ।