यु १८ साफ च्याम्पियनसिप — नेपाल भुटानसंग ३–० ले पराजित

असोज ५, काठमाडौं — यु १८ साफ च्याम्पियनसिप अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाल भुटानसँग ३–०ले पराजित भएको छ ।

हारसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना कठिन बनेको छ ।

सेमिफाइनलका लागि नेपालले अब भुटान र माल्दिभ्सबीच मंगलबार हुने खेलको नतिजा कुर्नुपर्ने हुन्छ ।

भुटानले माल्दिभ्सलाई बढी गोल अन्तरले हराएमा नेपाल सेमिफाइनल पुग्ने छ ।