दुई कूटनीतिज्ञलाई देशनिकाला

असोज ४,काठमाडौं— अमेरिकाले न्युयोर्क्स्थित संयुक्त राष्ट्रसंघका लागि क्युबाका दुई कूटनीतिज्ञलाई देशनिकाला गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयकाअनुसार ‘अमेरिकाको राष्ट्रिय हितलाई हानि पुग्ने गतिविधिमा संलग्न’ रहेकाले उनीहरुलाई निष्काशन गरिएको हो । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता मोर्गन ओर्टासुसले ‘क्युबाका कूटनीतिज्ञलाई राष्ट्रसंघ मुख्यालय रहेको म्यानह्याटनभन्दा बाहिर नजान वा हिँडडुल गर्न पनि प्रतिबन्ध लगाइको जनाए ।

क्यबाली कूटनीतिज्ञका आरोपित गतिविधिबारे भने अमेरिकाले प्रस्ट पारेको छैन । क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगुएजले ‘अमेरिकी कदम अनुचित भएको’ प्रतिक्रिया दिएका छन् ।

स्पेनिस भाषामा गरेको ट्वीटमा रोड्रिगुएजले क्युबाको कूटनीतिज्ञमाथि लगाएको आरोप‘अश्लील आरोप’ भएको बताएका छन् ।

यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित भएको छ ।