लियोनल मेस्सीको आफ्नै ब्राण्ड

असोज ४— विश्वचर्चित खेलाडी लियोनल मेस्सीले आफ्नै नाममा कपडाको ब्राण्ड स्थापना गरी व्यापार सुरु गरेका छन् । स्पेनिस क्लब बार्सिलोना तथा अर्जे्न्टिनाको टोलीको कप्तान रहेका मेस्सीले ‘मेस्सी’ ब्राण्डका कपडाको व्यापार सुरु गरेका हुन् ।

मेस्सीले आफ्नै नामको ब्राण्डको विक्री गर्ने पसल बिहीबारबाट सञ्चालनमा ल्याएका हुन् । बार्सिलोनाको पासेओ डे ग्रासिया खुलेको फेसन स्टोरको उद्घाटनकालागि मेस्सीले आफै पुगेका थिए । पसल खुलेपछि उनका समर्थकहरूले स्टोर पुगेर सामान खरिद गर्नको भिड बढेको स्पोट्स अनलाइनले जनाएको छ ।

एजेन्सी