सरोज र आश्मा ‘भेट हुदाँ’

असोज ४,काठमाडौं—‘मंगली’ गीतको सफलता पछि यस अघि मंगली गीतको संगै सहकार्य गरेको टिमले नै पुन ‘भेट हुदाँ’ (मंगली भाग २) म्युजिक भिडियोलाई सार्वजनिक गरेको छ । करिव १ वर्ष अघि सार्वजनिक मंगलीको म्युजिक भिडियोलाई दर्शकले ८० लाख बढी पटक हेरिसकेका छन् ।

प्रलाद शाह प्रस्तुतकर्ता रहेको ‘भेट हुदाँ’ बोलको नयाँ गीतलाई गीतकार शाहले नै लेखेका हुन । गीतमा स्वर चर्चित गायक शिव परियारको छ भने संगीत शंकर थापा ू स्माइल ू को रहेको छ । गीतको संगीत संयोजन उदय राज पौडेलले गरेका हुन ।

भिडियोमा कार्टुन क्रुज समुहका मुख्य कलाकार सरोज अधिकारी र आश्मा बिश्वकर्माको अभिनय देख्न सकिन्छ । गम्भीर बिस्टले कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् । बिकाश ज्ञवालीले भिडियोलाई सम्पादन गरेका छन् भने शान थापाको निर्देशनमा म्युजिक भिडियो तयार भएको छ ।