“जनताले मिल्काइसकेको राजतन्त्र कहिल्यै ब्युँतिदैन”ःउपप्रधानमन्त्री पोखरेल

भदौं ३, काठमाडौं —उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राजतन्त्र ब्यूँताउने सपना देखेर नसल्बलाउन चेतावनी दिएका छन् ।

झापाको विर्तामोडमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाले शुक्रबार आयोजना गरेको पाँचौँ संविधान दिवस कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पोखरेलले जनताले मिल्काइसकेको राजतन्त्र कहिल्यै नब्युँतिने दावी गरे । जनताको बलिदान र त्यागले प्राप्त नेपालको संविधान विश्वकै उत्कृष्ट रहेको उनको भनाई छ ।

जनताबाट निर्वा्चित भएका ९० प्रतिशत जनप्रतिनिधिले अनुमोदन गरेको संविधानको कार्यान्वयनमा सरकार दृढतापूर्वक अघि बढेको उनले बताए । साथै भ्रष्टाचारलाई पनि सरकारले नसहने प्रष्ट पार्दै उपप्रधानमन्त्री पोखरेलले भने, “भ्रष्टाचारीको जालो अब धेरै दिन टिक्दैन, सरकारले उनीहरुलाई छाड्ने छैन ।”

कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले झापा राजनीतिक जागरणको केन्द्रविन्दु रहेकाले जनतालाई भड्काएर आफ्नो अभिष्ट पूरा गर्न गणतन्त्र विरोधी यहीँबाट सल्बलाउन थालेको बताए ।