ग्यासको मूल्य घट्यो

भदौं ३, काठमाडौं —नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्यमा प्रतिसिलिण्डर २५ रुपैयाँले घटाएको छ । संविधान दिवसको अवसर पारेर नेपाल आयल निगमले ग्यासको मूल्य घटाएको हो ।

समायोजन पछि अब १ हजार ३ सय ७५ रुपैयाँ प्रतिसिलिण्डर रहेको ग्यासको मूल्य १ हजार ३ सय ५० रुपैयाँमा कायम भएको निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए ।

यसैगरी निगमले अन्तर्रा्ष्टिय उडानतर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ५० अमेरिकी डलर घटाएको छ । अब अन्तर्रा्ष्ट्रियतर्फ प्रतिकिलोलिटर १ हजार अमेरिकी डलर कायम भएको निगमले जनाएको छ ।

घटेको मूल्य शुक्रबार राति १२ बजेदेखि लागू हुने निगमका प्रवक्ता गोइतले बताए ।