आजबाट साफ यू–१८ च्याम्पियनसिप ः नेपाल माल्दिभ्ससँग प्रतिस्पर्धा गर्ने

असोज ३,काठमाडौं —साफ यू–१८ च्याम्पियनसिप शुक्रबारदेखि काठमाण्डौमा सुरु हुँदैछ । हलकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुने खेल दिउँसो तीन बजेबाट शुरु हुने खेलमा नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्ने छ ।

नेपाली टिमको कप्तानी जय गुरुङले गर्दैछन् । माल्दिभ्सले पनि नेपाली टिमविरुद्ध अंक खोस्ने लक्ष्य रहेको बताएको छ । नेपालको यसपटक टिम निकै चुस्त रहेको र स्ट्राइकरमा मनिष डाँगी आएपछि टिम झन बलियो भएको छ । साविक विजेताको नाताले नेपाललाई शुक्रबारको खेल जित्नैपर्ने दबाब छ ।

समूह ए मा रहेको नेपालले दोस्रो खेलमा भुटानसँग खेल्नेछ । नेपलाी टिममा गोलकिपरहरु विशला सुनार, सूर्य अधिकारी र पुजन होना छन् भने डिफेन्डरमा विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नविन गुरुङ, रोशन दोङ, अलिक रुम्बा, अन्जल महर्जन छन् । यस्तै मिडफिल्डमा शिशिर लेखी, रोशन रानामगर, आकाश बुढामगर, जय गुरुङ, मनिष थापा, कुशल फुयाँल र नितिन थापा छानिएका छन् । फरवार्डमा भने बृजेश चौधरी, सचु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ र मनिष डाँगी छन्।