इन्जिनीयरिङ पढेर बलिउडमा चम्किएका कलाकार

असोज १—यदि तपाईंलाई कलाकार बन्ने सपना ’एक्टिङ स्कूल’बाट मात्रै पूरा हुन्छ भन्ने लागेको छ भने तपाईं गलत हुनुहुनेछ । बलिउडमा केही यस्ता सेलेब्रेटी छन् जो भिन्नभिन्न विषय अध्ययन गरेर रंग संसारमा आएका छन् । त्यस्तै आज हामी इन्जिनीयरिङको पढाइ सकेर कलाकारिता क्षेत्रमा जमेका केही सेलेब्रेटीबारे जानकारी दिनेछौं ।

सुशान्तले दिल्ली सुशांत ने दिल्ली टेक्नोलोजिकल विश्वविद्यालयमा मेकानिकल इन्जिनीयरिङको अध्ययन गरेका छन् । यद्यपि उनले अभिनेता बन्नका लागि अन्तिम वर्षको पढाइ सकेनन् । उनले बीचमै कलेज छोडिदिए । उनले अल इन्डिया इन्जिनीयरिङ एक्जाममा ७ औं स्थानमा नाम निकालेका थिए ।

बलिउडका नयाँ अभिनेता कार्तिक आर्यनले मुम्बईमा बायोटेक्नोलोजीमा इन्जिनीयरिङ गरेका छन् ।

कृति सेननले दिल्लीको जेपी इन्स्टिच्यूट अफ इनफर्मेशन टेक्नोलोजी, नोएडादेखि इलेक्ट्रोनिक्स र कम्युनिकेशनमा बी टेक गरेकी छन् ।

आर माधवन फिल्म ’थ्री ’इडियट्स’मा इन्जिनीयरिङको भूमिकामा छन् । तर उनी वास्तविक जीवनमै इन्जिनीयर हुन् । उनले कोल्हापुरको राजाराम कलेजबाट इलेक्ट्रोनिक्स इन्जिनीयरिङ गरेका छन् ।

सोनू सूदले नागपुरको यशवंतराव चवन कलेजबाट इलेक्ट्रिकल इन्जिनीयरिङको अध्ययन गरेका छन् ।

तापसी पन्नूले कम्प्युटर साइन्समा इन्जिनीयरिङ गरेकी छन् । रितेश देशमुख, विक्की कौशलले पनि इन्जिनीयरिङको अध्ययन गरेका छन् ।
एजेन्सी