देशमा डेंगु फैलिदैं , मन्त्री बिदेश उड्दै

असोज १, काठमाडौं — देशभर यतिबेला डेंगु फैलिरहेको छ । अस्पतालहरुमा दिनप्रतिदिन बिरामीहरुको संख्या बढ्दै गइरहेको छ । यसको जिम्मेवार मन्त्री स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव भने बिदेश भ्रमणमा मै ब्यस्त रहेका छन् ।

मन्त्री दुईसाता अघि उनि ६ दिनका लागि विश्व स्वास्थ्य संगठनले भारतमा आयोजना गरेको दक्षिण एसियाली राष्ट्रका मन्त्रीहरुको बैठकमा भाग लिन गए ।

मन्त्री  फेरि पनि बिदेश भ्रमणकै तयारीमा रहेका छन् । मन्त्रीले यतिबेला डेंगुको न्यनीकरण साथै नागरिकको स्वास्थ्यको चासो दिनुपर्नेमा उनि भने बिदेश भ्रमणकै तालीका मिलाउन मै ब्यस्त छन् ।

उनले २०७५ जेठमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेपछि अलिहेसम्म पटकपटक विदेश भ्रमण गरिसकेका छन् ।