भूमाफियाको स्वार्थमा विधेयक, हदबन्दी छुटको जग्गा मासिने जोखिम

असोज १, काठमाडौं —भूमिसम्बन्धी ऐन, २०२१ लाई संशोधन गर्न बनेको विधेयक’ संघीय संसदबाट पारित भएसँगै औद्योगिक विकासका लागि हदबन्दीभन्दा बढी राख्न दिइएको हजारौं बिगा जग्गा मासिने जोखिम बढेको छ ।

प्रतिनिधिसभाबाट यसअघि नै पारित विधेयक राष्ट्रियसभाको मंगलबारको बैठकले प्रतिपक्षीलगायतको विरोधका बीच बहुमतबाट पारित गरेको हो ।

विधेयक भूमाफियाको स्वार्थमा ल्याइएको र त्यसमा उल्लिखित प्रावधानले हदबन्दीभन्दा बढीको जग्गा अब हिनामिना हुने जानकारहरु बताउँछन् ।

यो खबर कान्तिपुर दैनिकमा छापिएको छ ।