यसरी गर्नुस पाठेघरको सुरक्षा

असोज १, काठमाडौं — पाठेघर महिलाहरूको एउटा महत्वपूर्ण प्रजनन् अङ्ग हो । पाठेघर नभएका महिला आमा बन्न सक्दैनन् र हरेक मानिसको जन्म पाठेघरबाटै भएको हुन्छ ।

यहि पाठेघर आफ्नो स्थानबाट तल आउनु र कुनै–कुनै अवस्थामा योनिमार्ग हँुदै बाहिर आएर झुन्डिने समस्यालाई आङ खसेको भनिन्छ ।
आङको सुरक्षाका लागि सजग भएर सावधानी अपनाए त्यस्तो सम्भावना कम हुन्छ ।

आङ खस्न नदिन भने निम्न उपायहरु ऋपनाउन सकिन्छ ।

२० वर्ष नपुगी विवाह नगर्ने, विवाह गरे पनि २० वर्ष नपुगी सन्तानको योजना नबनाउने ।

गर्भावस्थामा स्वास्थ्यमा राम्रो ध्यान र्पुयाउने, नियमित परीक्षण गराउने, र्गाहो काम नगर्ने तथा भारी नबोक्ने ।

घरमा प्रसव नगराउने, व्यथा लामो समय लगाएर नबस्ने ।

प्रसवपछिको ४२ दिन अत्यन्त महत्वपुर्ण समय हो । यो समयमा पटुका बाध्ने, र्गाहो काम नगर्ने तथा भारी नबोक्ने, यौनसम्पर्क नगर्ने एवं खानपान तथा सरसफाइमा राम्रो ध्यान र्पुयाउने ।

धूम्रपान नगर्ने ।

 

उच्च रक्तचाप, कब्जियत, दीर्घखोकी, दम आदि रोगको समयमै उपचार गराउने ।

 

मोटोपन नियन्त्रणका साथै नियमित व्यायाम गर्ने ।