फिलिपिन्समा सडक दुर्घटनामा परि २० जनाको मृत्यु

असोज १, एजेन्सी  — फिलिपिन्समा मंगलबार भएको ट्रक दुर्घटनामा २० जनाको मृत्यु भएको छ ।

बालबालिका सहितको समूहलाई ट्रकले समुद्रकिनारबाट घरतर्फ ल्याउँदै थियो ।

खराब सडकका कारण गाडी ब्रेक फेल भइ पल्टिएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको अनुसन्धान गरिने जनाएको छ । प्रारम्भिक अवस्थामा मृतकको संख्या १५ थियो ।