चेल्सी च्याम्पियन्स लिग —चेल्सी पराजित

असोज १, काठमाडौं — रोस बार्कली पेनाल्टीमा चुक्दा लण्डन क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलको नयाँ सिजनको पहिलो खेलमै पराजित भएको छ ।\

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सी स्पेनिस क्लब भ्यालेन्सियासंग १–० गोल अन्तरले पराजित भएको हो ।

प्रिमियर लिगको पछिल्लो खेलमा ह्याट्रिक गरेको टमी अब्राहमले च्याम्पियन्स लिगको सिजनको पहिलो खेलमा प्रभाव जमाउन असफल रहे ।