हिमाली जिल्लामा पनि फैलियो डेंगु, ताप्लेजुङमा भेटिए संक्रमित

भदौं २८,काठमाडौं — देशभर फैलिएको डेंगु अब हिमाली जिल्लामा प्रवेश गरेको छ । ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणी गाउँपालिकाकी एक महिलामा डेंगु संक्रमण फेला परेको छ ।

संक्रमित महिलालाई थप उपचारका लागि अन्यत्रै रेफर गरिएको अस्पतालले जनाएको छ। बिरामी भएर जिल्ला अस्पताल भर्ना भएकी ती महिलामा डेंगुको जस्तै लक्षण देखा परेपछि परीक्षण गरिएको थियो ।

ताप्लेजुङको हावापानीमा एडिज एजिप्टाइ र एडिज अल्बोपिक्टस प्रजातिको पोथी लामखुट्टे भेटिने सम्भावना कम भए पनि डेंगुको संक्रमित भेटिनुले यसलाई चुनौतीको रुपमा लिनुपर्ने चिकित्सकहरु बताउँछन् ।