जबरजस्ती करणी गरेको अभियोगमा गुरूङ पक्राउ

भदौ, २६ कञ्चनपुर- ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलौरी नगरपालिका– ४
शान्तिपुर बस्ने २० वर्षीय मधुसुधन गुरूङलाई प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई मंगलबार दिउँसो आफ्नै घरको कोठामा लगेर धम्की दिई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले गुरुङलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।