चौतर्फी आलोचना पछि घट्यो ब्लुबुक नवीकरण कर

भदौं २६, काठमाडौं — प्रदेश ३ को सरकारले सवारी साधन नवीकरण गर्दा लाग्ने जरिवाना रकम घटाएको छ  । जरिवानालाई बढाएको भन्दै तीव्र आलोचना बढेपछि सरकार यस निर्णयमा पछि हटेको होे ।

सरकारले पहिले तय गरेको शत प्रतिशतसम्मको जरिवानालाई घटाएर ३२ प्रतिशतमा झारेको छ । प्रदेश ३ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा सूचना प्रकाशन गर्दै प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७५ लागू भएको घोषणा गरेको थियो ।

सवारी कर सबै सवारीधनीले प्रत्येक आर्थिक वर्षको चैत्र मसान्तसम्म वा सवारी दर्ता किताब नवीकरण गर्ने म्याद जुन अगाडि आउँछ सो म्यादभित्र बुझाइसक्नुपर्ने व्यवस्था छ ।